Main News
चितवनमा थप ७३ जनाका कोरोना संक्रमण पुष्टि
२०७७ भदौ २२ गते १२:३५
२२ भदौ, २०७७ चितवन । चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १९ र अन्य जिल्लाका ११ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो। भरतपुरमा गरिएको परीक्षणमा चितवनका ३३ जना र अन्य विभिन्न जिल्लाका रहेका छन्।
संक्रमित हुनेमा चार वर्षीया बालिका देखि ७२ वर्षसम्मका रहेका छन्।
प्रतिक्रिया