Main News

बाँके र पर्सामा थप एकएक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २२ गते ७:२२
बाँके र पर्सामा थप एकएक जना कोरोना संक्रमितको मृत्यु

२२ भदौ, २०७७ काठमाडौं । बाँके र पर्सामा थप एक जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

बाँकेमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

मृतक पुरुष विगत पाँच वर्षदेखि मुटुरोग र तीन वर्षदेखि मधुमेहको उपचार गराइरहेका थिए । मृतकलाई भदौ १८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

भदौ १५ गते कोरोना पुष्टि भएपछि मृतक तीन दिन सेल्फ आइसोलेसनमा बसेर अस्पताल भर्ना भएको तर उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । योसँगै कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

त्यसैगरी पर्साको वीरगञ्जमा पनि थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

विगत ८ दिनदेखि प्लाज्मा थेरापीबाट उपचार भइरहेको एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको हो ।सर्लाहीको चकरघट्टा गाउँपालिका–३, सुन्दरपुर निवासी ३५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

ज्वरो, खोकी र श्वासप्रश्ववासमा समस्या देखिएपछि आफन्तले उनलाई भदौ १३ गते नारायणी अस्पताल ल्याएका थिए । भदौ १४ मा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चिकित्सकका अनुसार ती पुरुषमा गम्भीर किसिमको कोरोना संक्रमण थियो । प्लाज्मा थेरापी गरेको आठौं दिनमा उपचारको क्रममै संक्रमित पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *