तोकिएको मितिभित्र रासायनिक मल नल्याउने ठेकेदार कम्पनीमाथि कारवाही
२१ भदौ, २०७७ काठमाडौं । तोकिएको मितिभित्र मल नल्याएपछि सरकारले ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कारबाही गरेको छ ।
भदौ २० गतेसम्म आयात गर्ने जिम्मा लिएर मल नल्याएपछि कृषि साम्रगी कम्पनी लिमिटेडले ठेक्का रद्द गर्दै ५–५ करोड रुपैयाँ धरौटी जफत गर्ने निर्णय गरेको हो ।
यस्तै कृषि साम्रगी कम्पनीले दुवै ठेकेदार कम्पनीलाइ कालो सूचिमा राख्ने र मल नल्याउँदा भएको क्षतिपूर्ती भराउने विषयमा समेत प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
भदौ २० भित्र सबै मल ल्याउने सर्तमा दुबै कम्पनीले २५–२५ हजार टन मल आयातको जिम्मा पाएका थिए । तोकिएको म्यादमा मल नल्याएका दुबै कम्पनीले शुक्रबार मात्रै कोरोनाको कारण देखाउँदै ठेक्का म्याद थपका लागि कृषि सामाग्रीमा निवेदन दिएका थिए। तर कृषि सामग्रीले भने म्याद थप गर्न नसकिने प्रष्ट पार्दै कारबाही गरेको हो ।
शैलुङ इन्टरप्राइजेजका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् भने होनिको मल्टिपलका सञ्चालक होमनाथ कोइराला हुन् । अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड का घरभेटी हुन् भने कोइराला काँग्रेस निकट हुन् ।
शक्तिको आडमा ठेक्का पार्ने र अलपत्र पार्दै आएका दुबै कम्पनीले मलको आयातमा समेत उही प्रवृति दोहोर्याएका छन। यसैकारण धानबालीको मूख्य सिजनमै देशभरका किसानले चर्को अभाव खेपिरहेका छन ।
प्रतिक्रिया