Main News
कोरोनासम्बन्धी भ्रम छर्नेमाथि कारबाही गर्ने चेतावनी
२०७७ भदौ २१ गते १९:०६
२१ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना भाइरसबारे भ्रम छर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
कोरोना संक्रमण उब्जाइएको समस्या भन्नेहरुलाई सरकारले कारवाही गर्ने चेतावनी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा जागेश्वर गौतमले कोरोनाका बारेमा अनावश्यक भ्रम फैलाइएको भन्दै त्यसो गर्नेलाई कारवाही गर्ने प्रष्ट पार्नुभयो ।
केही पार्टीका नेता कार्यकर्ता तथा सामाजिक सञ्जालमा अरु केही व्यक्तिले कोरोना संक्रमण भ्रम भन्दै प्रचार गरेपछि सरकारले मुख खोलेको हो । उनीहरुले कोराना संक्रमण व्यापारका लागि सिर्जित समस्या भन्ने गरेका छन ।
प्रतिक्रिया