Main News
अब सबै सरकारी ल्याबमा शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने
२०७७ भदौ २१ गते १७:२०
२१ भदौ, २०७७ काठमाडौं । सरकारी प्रयोगशालाहरूले आफ्नो परीक्षण क्षमताको ५० प्रतिशतलाई शुल्क लिएर परीक्षण गर्न पाउने भएका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज सरकारी प्रयोगशालालाई कुल क्षमताको ५० प्रतिशतसम्म मापदण्डमा नपरेका व्यक्तिको सशुल्क परीक्षण गर्न पाउने गरी निर्णय गरिएको जानकारी दिएको हो।
अब एउटा प्रयोगशालाको दैनिक परीक्षण क्षमता एक सय छ भने प्रयोगशालाले शुल्क लिएर ५० जनाको परीक्षण गर्न पाउने भएको छ। अहिले कुल ४८ वटा प्रयोगशालाहरूले पीसीआर परीक्षण गर्दै आएका छन्।
जसमा ४० वटा सरकारी मातहत र बाँकी निजी प्रयोगशालाहरू छन्। यसअघि सरकारी प्रयोगशालाहरूले क्षमताको २५ प्रतिशतको मात्र सशुल्क परीक्षण गर्न पाउने भनिएको थियो।
प्रतिक्रिया