Main News

भक्तपुरका दुई वडाध्यक्ष र गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ २१ गते १७:१२
भक्तपुरका दुई वडाध्यक्ष र गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना संक्रमण पुष्टि

२१ भदौ, २०७७ काठमाडौं । भक्तपुर नगरपालिकाका दुई जना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिन अघि नेपाल मजदूर किसान पार्टी नेमकिपाका कार्यालयमा बसेको बैठकमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा उनीहरुमा संक्रमण देखिएको हो ।

नेमकिपाका सचिव तथा सांसद प्रेम सुवाललाई हिजो संक्रमण देखिएको थियो । दुबै वडाध्यक्ष होम आइसोलेसनमा छन् । बैठकमा सहभागी अन्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ ।

नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत २० जना प्रहरीमा कोरोना संक्रमण देखिए पछि कन्ट्याक ट्रेसिङमा परेका डिआइजी अर्यालको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

आज बिहान रिपोर्ट पोजेटिभ आएका अर्यालको स्वास्थ्य सामान्य छ । नेपाल प्रहरीको सशस्त्र गणमा खाना खान गएका गण्डकी प्रदेशका सांसदलाई पनि कोरोना संत्रक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *