Main News

नेपालमा ९८० कोरोना संक्रमित थपिए, १८१४ जना कोरोना संक्रमित डिस्चार्ज

हिमालय टिभी
२०७७ भदौ २१ गते १६:४०
नेपालमा ९८० कोरोना संक्रमित थपिए, १८१४ जना कोरोना संक्रमित डिस्चार्ज

२१ भदौ, २०७७ काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण आज थप नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या दुई सय ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दूई जना महिला र सात जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

यो बाहेक गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गोरखा नगरपालिकाकी ७६ वर्षीय महिला अस्पताल भर्ना भएकी थिइन् ।

आईसीयूमा उपचारकै क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अस्पतालका अनुसार महिलाको ब्रेनह्यामरेज भई मृत्यु भएको हो ।

मृत्युपछि हिजै उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुबेदीले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले आज सार्वजिनक गरेको विवरणमा ती महिलाको विवरण समावेश छैन ।

त्यसैगरी नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । संक्रमित हुनेमा काठमाडौंमा २ सय ९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना छन् ।

पछिल्लो २४ घन्टामा थप १ हजार ८ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २८ हजार ९ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कुल पीसीआर परीक्षण संख्या ७ लाख ६८ हजार ३४५ पुगेको छ । नेपालमा हालसम्म २८ हजार ९४१ जना कोरोना संक्रमित डिस्चार्ज भई घर फर्किएका छन् ।आइतवारमात्रै थप १ हजार ८१४ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा ९ हजार २०१ जना रहेका छन् । त्यस्तै होम आईसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् । यसैगरी हाल १७ हजार २७ जना सक्रिया संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *