Main News

खुटिया नदी किनाराका श्रमिकको चुल्हो चिसैः न गिट्टी बिक्यो न त पाइयो सरकारी राहत (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २० गते २०:३०
खुटिया नदी किनाराका श्रमिकको चुल्हो चिसैः न गिट्टी बिक्यो न त पाइयो सरकारी राहत (भिडियोसहित)

२० भदौ, २०७७ , कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ मा रहेको खुटिया नदि किनारामा एक बर्ष अगाडी कुटेका गिट्टी लकडाउन र निषेधाज्ञाका कारण नविकेपछि मजदुर भोकभोकै पर्ने अवस्था आएको छ ।

गिट्टी कुटेर खानेहरु विकास निर्माण शुरु हुने र आफ्नो गिट्टी विक्री हुने आशामा छन् । तर निषेधाज्ञा बढ्दै गएपछि उनीहरुलाई अहिले दैनिक गुजारा चलाउन नै समस्या भइरहेको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ मा रहेको खुटिया नदीमा बर्षौदेखि गिट्टी बेचेर नै जीवन निवार्ह गर्दै आएका तथा आर्थिक अवस्था कमजोर भएका नागरिक लामो लकडाउनका कारण समस्या छन् । उनीहरुलाई अहिले बिहान बेलुका हातमुख जोड्नैसमेत धौधौ भइरहेको छ । लकडाउन खुलेपछि विकास निर्माण शुरु हुने र गिट्टी खरिद गर्न आउने आशमा उनीहरुले नियमित काम भने गरिरहेका छन् ।

लामो समयको लकडाउनले भारतमा रोजगारी गुमाएर नेपाल फर्किएकाहरु पनि परिवारको खर्च जोहो गर्न खुटिया किनारमा गिट्टी कुट्न थालेका छन् । ४ महिनादेखि गिट्टी कुटिरहे पनि अहिलेसम्म विक्री नभएपछि कसरी परिवार पाल्ने भनेर छट्पटाइरहेका छन् ।

खुटिया किनारमा बस्ने अधिकांश नागरिकको आम्दानीको श्रोत यही ढुंगा हो । तर सरकारले बन्दाबन्दीको बेला राहतको नाममा सोधपुछ बाहेक अरु केही गरेन । खुटिया नदी छेउमै बसोबास गर्दै आएका उनीहरुको झुपडी बाहेक केही छैन ।

बल्मीबासीलाई खुटिया नदी जिउने सहारा हो । घामपानी जाडो केही नमानी उनीहरु खुटिया नदीमै रमाइरहन्छन् । तर लकडाउन र निषेधाज्ञाले अहिले उनीहरुको सहारा खोसिएको छ । दैनिक गुजारा चलाउनसमेत नसकिरहेका यस्ता गरिबलाई सरकारले पनि कुनै वास्ता गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *