कोरोना जोखिमविरुद्ध सचेतनामूलक कार्यक्रम शुरु

२० भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जनचेतनामूलक कार्यक्रम शुरु गरेको छ ।
संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा जनचेतनामूलक कार्यक्रम गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाड नगर्न आग्रह गर्ने, केही मान्छे भेला भएको ठाउँमा गएर २ मिटरको दुरी कायम राख्न आग्रह गर्ने, मास्क लगाउन आग्रह गर्ने जस्ता कार्यक्रम भएको बताउनुभयो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले ललितपुरको पाटनमा दुर्भाग्यपूर्ण घटना भएको स्मरण गर्दै आगामी दिनमा त्यस्ता घटना हुन नदिन पनि कार्यक्रम गरिएको बताउनुभयो ।
विज्ञले कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने यकिन नभएको अवस्थामा बेलाबेलामा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, र भौतिक दुरी कायम गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया