Main News
होल्डिङ सेन्टरबाट घर पठाउने नाममा चरम ठगी भएको आरोप
२०७७ भदौ २० गते १८:१६
२० भदौ, २०७७ काठमाडौं । यातायात व्यवसायीले विदेशबाट उद्धार गरी ल्याइएका नागरिकलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा चरम ठगी भइरहेको आरोप लगाएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले अमुक व्यक्तिको सेटिङमा यात्रु ओसार्ने र ठग्ने काम भइरहेको बताउनुभएको छ । उहाँले यस्तो क्रम नरोकिए आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।
वास्तविक व्यवसायीले वैज्ञानिक तरिकाले गाडी भाडा पाउनुपर्ने र यात्रुलाई ठगिनबाट रोक्नुपर्ने उहाँले बताउनुभयो ।
यसैबीच नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठनले पनि होल्डिङ सेन्टरबाट यात्रुलाई गन्तव्यमा पुर्याउने जिम्मा यातायात व्यवसायीलाई दिनुपर्ने माग गरेको छ ।
प्रतिक्रिया