Main News

अल्का अस्पतालकी कर्मचारी केसीको हत्या, लेलेको जंगलमा शव फेला (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २० गते १३:१७
अल्का अस्पतालकी कर्मचारी केसीको हत्या, लेलेको जंगलमा शव फेला (भिडियोसहित)

२० भदौ, २०७७ काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालकी एक कर्मचारीको हत्या भएको छ ।

अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको गोदावरी नगरपालिका वडा नम्वर १०, स्थित लेलेको जंगलमा हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट उनका भतिजा निर्मल केसीलाई पक्राउ गरेको छ ।

उनलाई अहिले ललितपुर प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको छ । गीताको परिवारले उनी हराएको भन्दै चारदिन अघि प्रहरीमा उजुरी गरेको थियो । खोज्ने क्रममा हिजो राती जंगलमा शव भेटिएको सूचना प्रहरीले पाएको थियो ।

आज उक्त शव गीताकै भएको पुष्टि भएको हो । उनलाई जंगलमा पुर्‍याएर त्यही नै घाँटी थिचेर हत्या गरेको देखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईले जानकारी दिनुभयो ।

लेनदेन र पारिवारिक विवादमा हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *