Main News

कर्फ्युका बीच यसरी सडकमै गरियो मच्छिन्द्रनाथको क्षमा पूजा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १९ गते २०:५४
कर्फ्युका बीच यसरी सडकमै गरियो मच्छिन्द्रनाथको क्षमा पूजा (भिडियोसहित)

१९ भदौ, २०७७ काठमाडौं । रातो मछिन्द्रनाथको रथतान्ने क्रममा हिजो दिनभरी तनावग्रस्त रहेको ललितपुरको पुल्चोक आज भने शान्त रह्यो । प्रशासनले ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । कर्फ्युकै बिच मछिन्द्रनाथको क्षमा पूजा पनि गरिएको छ ।

स्थानीय बासिन्दाले आफूखुसी रथ तानेपछि उत्पन्न तनाव शान्त पार्न बिहीबार बेलुकी नै प्रशासनमा सरोकारवालहरुको बैठक बस्यो । बैठकमा क्षमापूजा गर्ने २१ गते रथलाई थोरै तान्ने र २२ गते साइत जुराएर मछिन्द्रनाथलाई बुङ्गमति लैजान सहमति भयो ।

त्यो सहमति अनुसार मछिन्द्रनाथको रथजात्राको विधि ललितपुरकै पुल्चोकमा एकै स्थानमा पूरा गरिने छ । त्यसै क्रममा कर्फ्युका बिचमा पनि पुल्चोकको बिच सडकमा नै क्षमा पूजा गरियो ।

बिहीबार भएको तनावपछि जुन बैठक बसेर सहमति निकालियो । त्यो सहमति पहिल्यै भएको भए बिहीबार यो स्थिति आउने थिएन ।

कोरोना महामारीका बिच पनि सुरक्षित तरिकाले थोरै मान्छे सहभागी भएर रथजात्रा गर्दै भन्दै मछिन्द्रनाथका पूजारी र स्थानीयबासिन्दाले राष्ट्रपति कार्यालयमा समेत विन्तिपत्र हालेका थिए । तर कतैबाट पनि वास्ता नभएपछि ठूलो संख्यामा भेला भएर स्थानीयबासिन्दाले रथ तान्न थाले । रथ तानेसँगै तनाव भयो । यो अवस्था आएकोमा पुजारी निकै दुखी छन् ।

सांस्कृतिक रुपमा छुट्टै पहिचान र महत्व बोकेको रातो मछिन्द्रनाथको जात्रा स्रोह्र सय वर्षदेखि मनाउँदै आइएको छ । यो जात्रा देशलाई चिनाउने एउटा संस्कृति भएकाले यसमा स्थानीबासिन्दा र सरोकारवालाले सरकारले सहयोग चाहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *