Main News

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १९१ जना कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ १९ गते १२:५३
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १९१ जना कोरोना संक्रमित थपिए

१९ भदौ, २०७७ काठमाडौं । विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा ठुलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् ।

चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ७४ जनासहित एक सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना छन् । यस्तै राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । अन्य जिल्लाका ३२ जना छन् ।

यसैगरी, वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित बारा र पर्सामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाँच सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ४५ जना नयाँ संक्रमित भेटिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरासियाले जानकारी दिनुभयो । संक्रमित मध्ये पर्साका २६ र बाराका १९ जना छन् ।

बाराको निजगढ स्थित इलाका प्रहरी कार्यालयका ६ जना तथा सशस्त्र प्रहरी बल पिलुवाका २ जनामा संक्रमण पुष्टि भएको छ । निजगढ नगरपालिकाका १४ जना, कामना विकास बैकका १ जना तथा पर्सामा नेपाल ईन्भेष्टमेन्ट बैंकका ५ जना, वीरगंज महानगरपालिकाका विभिन्न वडाका १२ जना संक्रमित भएका छन् ।

यस्तै, गण्डकी प्रदेशमा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीमा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसैगरी, पाल्पाको तानसेन नगरपालिकाका ४ र रिब्दीकोट गाउँपालिकाका एक जनामा पनि संक्रमण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *