Main News

नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य मनोनय गर्न मन्त्रिपरिषद बैठक बस्दै

हिमालय टिभी
२०७७ भदौ १९ गते ८:५९
नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य मनोनय गर्न मन्त्रिपरिषद बैठक बस्दै

१९ भदौ, २०७७ काठमाडौं । राष्ट्रय सभा सदस्यको मनोनयनका लागि मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मनोनयन गर्नेछ ।

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बैठकमा आजै राजीनामा दिने तयारी गर्नु भएको छ ।

आज राती १२ बजेपछि उहाँको कार्यकाल सकिन लागेकाले राजीनामा दिन लाग्नु भएको हो । युवराज खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त हुनु भएको थियो ।

तर संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त हुनु भएको थियो । फेरी उहाँको कार्यकाल नथपिने भएपछि उहाँले राजीनामाको तयारी गर्नु भएको हो ।

नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै खतिवडाले अर्थमन्त्रीमा निरन्तरता पाउने सम्भावना सकिएको हो ।

योसँगै नेकपाभित्र भावी अर्थमन्त्रीको पनि खोजी सुरु भएको छ । अर्थमन्त्री बन्ने दौडमा उपाध्यक्ष वामदेव गौतम, महासविच विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र सुरेन्द्र पाण्डे हुनुहुन्छ । नेकपा स्थायी कमिटी बैठकपछि मात्रै अर्थमन्त्रीको टुंगो लाग्ने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *