Main News

रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट समापन गर्ने सहमति

हिमालय टिभी
२०७७ भदौ १९ गते ८:३२
रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट समापन गर्ने सहमति

१९ भदौ, २०७७ काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ ।

ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा हिजो बेलुका बसेको बैठकमा यस्तो सहमति भएको हो ।

सहमतिअनुसार आज क्षमा पूजा गर्ने, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने कार्यक्रम रहेको छ ।

बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिसहित ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले छोटो कार्यविधि गरी जात्रा मनाउने सहमति भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *