Main News

हिमालय एयरलाइन्सद्वारा नियमित उडानको भाडादर सार्वजनिक

हिमालय टिभी
२०७७ भदौ १९ गते ८:२७
हिमालय एयरलाइन्सद्वारा नियमित उडानको भाडादर सार्वजनिक

१९ भदौ, २०७७ काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ।

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ। यो भाडाहरु कर र एजेन्सी कमिशनसहितको हो।

कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने कम्पनीले जनाएको छ। सार्वजनिक भाडादर अनुसार दमामका लागि ४६५ अमेरिकी डलर, रियादको ४६५, ढाकाको १६५, कुवेतको ३९२ डलर तोकिएको छ।

त्यस्तै बहराइन्को ४१०, मालेको ४८०, सिङ्गापुरको ५२० र स्लामाबादको ३५० डरल कायम गरिएको छ। सरकारले सेप्टेम्बर १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय गरेपछि हिमालय एअरलाइन्सले सहजै पीसीआर उपलब्ध गन्तव्यहरुमा उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ ।

हिमालयले जुन १६ देखि अगष्ट ३१ तारिखसम्म ९४ वटा उडानमार्फत १५ हजार ६ सय ३५ नेपालीलाई स्वदेश फिर्ता गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *