Main News

ललितपुरमा आजका लागि कर्फ्यु आदेश जारी, उल्लंघन भए गोली हान्न आदेश

हिमालय टिभी
२०७७ भदौ १९ गते ६:५४
ललितपुरमा आजका लागि कर्फ्यु आदेश जारी, उल्लंघन भए गोली हान्न आदेश

१९ भदौ, २०७७, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको हो ।

कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो । स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो ।

निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए । शान्तिसुरक्षा र चमनचयन कायम राख्न कर्फ्यु आदेश जारी गरिएको जिप्रकाले जनाएको छ ।

कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *