Main News

राहत लिन बोलाएर प्रहरीद्वारा कुटपिट, राहत लिन आएका गरिब लाठी खाएर रुँदै फर्के घर (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १८ गते २१:१४
राहत लिन बोलाएर प्रहरीद्वारा कुटपिट, राहत लिन आएका गरिब लाठी खाएर रुँदै फर्के घर (भिडियोसहित)

१९ भदौ, २०७७, पर्सा । वीरगञ्जका गरिबलाई राहत लिन जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाएर प्रहरीले कुटपिट गरेको छ । राहत लिन भनेर जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका गरिब लाठी खाएर रुँदै घर फर्केका छन् ।

प्रशासनले निषेधाज्ञाका कारण मर्कामा परेका नागरिकलाई राहत दिने भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा पठाउन वडा कार्यालयलाई निर्देशन दिएको थियो ।

जस अनुसार गाउँगाउँबाट गरिब र मजदुर राहतका लागि केही दिनदेखि जिल्ला प्रहरी कार्यालयमा पुग्ने गरेका छन् । बुधबार कार्यालय पुगेका सबैले राहत पाएनन् । उनीहरुलाई बिहीबार बोलाइयो ।

उनीहरु बिहीबार बिहानै राहत पाउने आशामा प्रहरी कार्यालय पुगे । तर उनीहरुले राहत पाएनन् । उल्टो प्रहरीको लाठी पाए ।

घरमा खाने अन्न केही नभएका आफूहरुलाई राहतका नाममा बोलाएर कुटेको भन्दै उनीहरु आक्रोशित भएका छन् ।

दुई दिन धाउँदा पनि उनीहरुले राहत पाएनन् । कतिपय त खान नपाएको भन्दै रुँदै हिँडेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको संयुक्त पहलमा जिल्ला प्रहरी कार्यालय पर्सामा मौज्दात रहेको खाद्यान्न राहतका रुपमा बाँडिएको हो ।

प्रतिपरिवार १० किलोका दरले चामल, एक पोका नुन अति विपन्न परिवारलाई राहत बाँडिएको प्रशासनले जनाएको छ । तर राहत सामग्री थोरै भएको र लिन आउने धेरै भएकाले सबैलाई पुग्न नसकेको उसको भनाइ ।

राहत नपाउनेहरुले जिल्ला प्रहरी कार्यालयको मुलगेटमा होहल्ला गर्न थाले पछि प्रहरीले भिड हटाउन बल प्रयोग गरेको पर्साका प्रहरी प्रवक्ता मनोजीत कुँवरले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *