Main News

आर्थिक अभावमा देशको एक मात्र चिडियाखाना बन्द हुने अवस्थामा

हिमालय टिभी
२०७७ भदौ १८ गते १९:३४
आर्थिक अभावमा देशको एक मात्र चिडियाखाना बन्द हुने अवस्थामा

१८ भदौ, २०७७ काठमाडौं । आर्थिक अभावका कारण देशको एक मात्र चिडियाखाना बन्द हुने अवस्थामा पुगेको छ । सरकारले गत चैत ११ गते देखि लकडाउन गरेपछि आम्दानी रोकिएपछि आर्थिक अभाव भएर चिडियाखाना नै बन्द हुने अवस्थामा पुगेको हो ।

सेवाग्राहीले काट्ने टिकटको आम्दानीबाटै चिडियाखााना चल्दै आएको ‍छ । तर कोरोना संक्रमण बढ्दै गएपछि चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि सदर चिडियाखाना पनि बन्द छ ।

महिना १ करोड रुपैयाँ बराबरको आम्दानी गर्दै आएको चिडियाखानाको आम्दानी बाटो पनि रोकिएको छ । तर खर्च भने प्रति महिना १ करोड रुपैयाँ बराबर नै छ । यसले गर्दा बन्यजन्तुको रेखदेख, खानपिन र सरसफाइमा खर्च व्यवस्थापन गर्न चिडियाखानालाई समस्या परेको छ ।

२० वर्ष देखि चिडियाखाना आफ्नै आम्दानीबाट चलिरहेको छ । चिडियाखानामा १ सय १० प्रजातिका १ हजारभन्दा बढी बन्यजन्तु छन् । अब वन्यजन्तुका लागि एक महिनासम्म पुग्ने खाने कुरा मात्रै छ ।

चिडियाखानामा ७५ जना कर्मचारी कार्यरत छन् । आर्थिक अभावका कारण कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेका छन् । तर आम्दानी नहुँदा अतिआवश्याक खर्च समेत व्यवस्थापन गर्न नसकिने अवस्था आएपछि चिडियाखानाले सरकार गुहारेको छ ।

संक्रमणका अरु क्षेत्र सरकारले खोले आफू पनि कसरी चल्ने भन्ने योजना पनि चिडियाखानाले बनाई सकेको छ । तर सरकारले यसबारे तत्कालै निर्णय गर्ने देखिन्न । यस्तो अवस्थामा चिडिया खानाका जनावर र कार्यरत कर्मचारीका विषयमा भने सरकारले छिटो सोच्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *