Main News

सुनसरीमा ११ जना नेपाली सेनासहित १९ जनाको कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ १८ गते ८:५७
सुनसरीमा ११ जना नेपाली सेनासहित १९ जनाको कोरोना संक्रमण पुष्टि

१८ भदौ, २०७७, सुनसरी । सुनसरीको धरानमा पछिल्लो २४ घण्टामा ११ जना नेपाली सेनासहित १९ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार फुस्रेस्थित आर्मी क्याम्पका ११ जना सैनिकहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, ५ जना भारतीय सैनिकहरुमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक जना एन्फा क्वारेन्टिनमा थिए भने ४ जना होटल क्वारन्टिनमा थिए ।

यस्तै, धरान ११ की एक ५७ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ । यी १७ जनाको पीसीआर रिपोर्ट आज बिहान आएको हो ।

आज बिहान थप २ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार धरान १७ को कन्ट्याक ट्रेसिङ गर्दा धरान १६ की एक ३३ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, धरान १७ की २२ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा कुल संक्रमितको संख्या १९७ पुगेको पनि मेहताले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *