बागलुङको सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कविहीन

१८ भदौ, २०७७, गल्कोट । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति भीषण पहिरो जाँदा दर्जानौं मानिस वेपत्ता भएका छन्।
ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क बिहिन भएको र थप मानिस हराएको हुनसक्ने स्थानीयले बताएका छन् ।
ढोरपान शिकार आरक्ष प्रबेश द्वारको रुपमा लिईने देउराली पहाडबाट ठुलो पहिरो खसेर कयौं गाउँहरुमा क्षती पु्याएको बताइएको छ ।
पहिरो र बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्कविहीन भएका छन् ।
यस्तै बाढीले लाकुरीबोटका ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगाएको छ भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ ।
साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको छ। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया