Main News

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ १७ गते १२:५०
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

१७ भदौ, २०७७ काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा एक सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशाला वीरगन्जमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमित थपिएका छन्।
चार सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा बाराका मात्रै थप ५० जनामा कोरोना पुष्टि भएको हो। पर्साका १३ र गण्डक अस्पतालका एक चिकित्सकमा पनि संक्रमण देखिएको छ। अस्पतालका सूचना अधिकारी डा. अतुलेश कुमार चौरसियाले ३६ पुरुष र २८ महिलालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परीक्षणमा जुम्लाका थप ३९ जनामा सङ्क्रमण देखिएको छ ।
जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण जुम्लाका चार कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मङ्गल रावलले जानकारी दिनुभयो ।

यसैगरी, चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ जना चितवनका छन् । अन्य ७ जना नवलपरासी, धनुषा, रुपन्देही, सिरहा र बाराका रहेका प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । तनहुँ, कास्की, लमजुङ र नवलपरासीमा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कास्कीमा २३ जना, नवलपुरमा ७, लमजुङमा ४ जना र तनहुँमा १ जनामा संक्रमण पुष्टि भएको छ । कास्कीमा संक्रमण पुष्टि हुनेमा २० जना प्रहरी छन् ।

तनुहँका संक्रमित पोखरा पार्कल्याण्ड हस्पिटमा कार्यरत स्टाफ नर्स रहेको निर्देशनालयले जानकारी दिएको छ । लमजुङ सुन्दरबजारका ५० बर्षीय पुरुष ओमनबाट आएको र सुन्दरबजार १ की ४९ वर्षीय महिला स्थानिय किरान पसल संचालक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *