Main News
कोरोना संक्रमित नवलपरासीकी महिलाको भैरहवामा मृत्युु
२०७७ भदौ १७ गते ८:३६

१७ भदौ, २०७७, भैरहवा । रुपन्देहीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भैरहवास्थित भीम अस्पतालमा उपचाररत रामग्राम नगरपािलका–५, नवलपरासीकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले जानकारी दिनुभयो ।
मधुमेह र प्रेसरकी बिरामी रहेकी उनको अस्पतालको आईसीयुमा राखेर उपचार भइराखेको थियो ।
कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या आएपछि उनलाई बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा लगिएको थियो । तर त्यहाँ आईसीयु उपलब्ध नभएपछि भदौ १५ गतेदेखि भीम अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको थियो ।
प्रतिक्रिया