१६ भदौ, २०७७ काठमाडौं । कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी परिचालन गरेको छ ।
तर दार्चुलाका बासिन्दा भने नेपाली सुरक्षापोष्ट राखिएको क्षेत्रलाई लिएर असन्तुष्ट छन् ।
सुरक्षाकर्मीलाई दुई देशबीचको सीमा नजिकै राख्नु पर्नेमा त्यसो नगरिएकोमा उनीहरुको आपत्ति छ ।