Main News

कोटेश्वरको जडीबुटीमा सडक विस्तार शुरु, होला ट्राफिक जाममा कमी (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १६ गते १७:४७
कोटेश्वरको जडीबुटीमा सडक विस्तार शुरु, होला ट्राफिक जाममा कमी (भिडियोसहित)

१६ भदौ, २०७७, काठमाडौं । काठमाडौं उपत्यकामै सबैभन्दा बढी जाम हुने कोटेश्वर—जडिबुटी सडक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ ।

हाल ४ लेन रहेको सो खण्डमा उत्तर र दक्षिण दुवैतिर दुई(दुइ लेन थपेर ८ लेनको बनाउन लागिएको हो । सडक फराकिलो भएपछि सवारी जाम कम हुने विश्वास छ ।

काठमाडौं उपत्यकामा सबैभन्दा बढी जाम हुने खण्ड हो, कोट‍ेश्वर—जडिबुटी सडक खण्ड । अनेक योजना र उपायको खोजीपछि कोटेश्वर—जडिबुटी सडक खण्डमा घण्टौँसम्म जाम बस्नुपर्ने बाध्यता समाधानका लागि सरकारले काम शुरु गरेको हो ।

सरकारले ४ लेनको यो सडक खण्डलाई ८ लेनमा विस्तार गर्ने योजना अनुरुप काम थालेको छ । ८ लेनबनेपछि २ लेन पेप्सीकोला र २ लेन ललितपुर जाने सवारी पासका लागि प्रयोग गराउने योजना सरकारको छ । बिचका चार लेन सिधै कोटेश्वर—जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी बनाइनेछ । सडक विस्तार भएपछि यातायात सहज हुने र जाम कम हुने सरकारको विश्वास छ ।

सडक विस्तारको लागत १२ करोड रुपैयाँ छ । यो साता नै टेण्डर खुला गरिने डिभिजन कार्यालयले जनाएको छ । उत्तरतर्फ लेन विस्तारका लागि विमानस्थलको जग्गा प्रयोग गरिएको छ । सडक विभाग अन्तर्गत काठमाडौं डिभिजनबाट शुरु भएको सडक विस्तारको काम ४ देखि ६ महिनामा सक्ने लक्ष्य छ ।

यो खण्डमा जापानी सहयोग नियोग जाइकाको सहयोगमा सुरुङमार्ग निर्माणका लागि कार्ययोजना बनिरहेको छ । तर योजना कहिलेदेखि कार्यन्वयनमा आउने भन्ने यकिन छैन् ।

त्यसैले तत्कालको समस्या समाधानका लागि लेन विस्तारको काम सुरु गरिएको सरकारको भनाई छ । यसबाट सत(प्रतिशत जाम कम गर्न नसकिएपनि करिब ४० प्रतिशत जाम सडक निर्माणपछि कम हुने सरकारको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *