Main News
नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १०६९ जना संक्रमित थपिए
२०७७ भदौ १६ गते १६:३६
![नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १०६९ जना संक्रमित थपिए](https://www.himalayatv.com/wp-content/uploads/2020/09/health16bhadau.jpg)
१६ भदौ, २०७७ काठमाडौं । नेपालमा थप १ हजार ६९ जना कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३४४ महिला र ७२५ पुरुष गरी १ हजार ६९ जना संक्रमित थपिएका हुन्।
यस्तै उपत्यकामा ४८१ जना नयाँ संक्रमित थपिएका छन्। काठमाडौं ३९३ भक्तपुर ३० र ललितपुरमा ५८ संक्रमित थपिएका हुन्।
यस्तै नेपालमा थप ७ सय ६८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२१७८ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया