देशका विभिन्न स्थानमा भएको पछिल्लो परीक्षणमा १६२ बढीमा कोरोना संक्रमण पुष्टि
१६ भदौ, २०७७ काठमाडौं । रुपन्देहीमा ११ जना प्रहरीसहित थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपालिकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ र सियारी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीमा संक्रमण भएको छ । भदौ १० गते १५ थुनुवा र ४ जना प्रहरीमा संक्रमण देखिएको थियो । उनीहरुको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो।तिलोत्तमाका नयाँ संक्रमित सबैजना कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् ।
गण्डकी प्रदेशमा १४ वर्षीय बालकसहित थप ३९ जना संक्रमित थपिएका छन् । लमजुङको बेसीशहरमा २६, नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, पोखरामा दुईजना र बागलुङमा एकजना नयाँ संक्रमित भेटिएका हुन् ।
चितवनमा आज थप ४० जनामा संक्रमण पुष्टि भएको छ । भरतपुरमा गरिएको परीक्षणमा २० र धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २० जना चितवनका संक्रमित भेटिएका हुन् ।
यसैगरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारा र पर्साका थप २० जनामा संक्रमण देखिएको छ । २० जनामध्ये १८ जना पर्सा र २ जना बाराका छन् ।
प्रतिक्रिया