Main News

कोरोना महामारीका कारण ऐतिहासिक ईन्द्रजात्रा रोकियो

हिमालय टिभी
२०७७ भदौ १६ गते ७:२८
कोरोना महामारीका कारण ऐतिहासिक ईन्द्रजात्रा रोकियो

१६ भदौं, २०७७ काठमाडौं । कोभिड–१९ को स्क्रमण तिब्र फैलिएपछि काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा रोकिएको छ । मन्दिरमा पुजा पाठ भने गरिँदैछ ।

वैदिक कालदेखि मनाइँदै आएको इन्द्रजात्रा सञ्चालन भएदेखि पहिलोपल्ट रोकिएको हो। विक्रम संवत १८२३ सालमा इन्द्रजात्राकै दिन काठमाडौँमाथि तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले हमला गर्दा पनि जात्रा रोकिएको थिएन ।

गोर्खाली सेनाले चारैतिरबाट आक्रमण गरेको कान्तिपुरले आफ्नो राज्य गुमाउँदा पनि नरोकिएको जात्रा यो वर्ष कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक रोकिएको हो ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्यका अनुसार नेपाल सरकारले गरेको निर्णयलाई पालना गर्दै यो वर्ष मन्दिरमा नै पूजा सीमित गरिएको हो।

मठमन्दिरभित्र गर्नुपर्ने कार्यहरु विधि विधान अनुसार नै गरिनेछ । ८ रात ९ दिनको इन्द्रजात्रामा हरेक दिन विभिन्न क्रियाकलाप गरिन्थ्यो। आज अर्थात् त्रियोदशीको दिन गुठी सँस्थानबाट जात्रामा रथ तान्ने सबैलाई भोज खुवाउने चलन रहेको थियो।

यो वर्ष क्षमा पूजा गरेर पूजालाई मन्दिरमा नै सिमित गरिएको छ। काठमाडौं उपत्यकाका केही जात्राहरु साँस्कृतिक जुलुस सहित मनाउने तलन रहिआएको छ । यो वर्ष जात्रा हुन नसकेकोमा क्षमा पुजा गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *