Main News

पर्सिदेखि शुरु हुने व्यवसायिक र चार्टर्ड उडानको समय र तालिका सार्वजनिक

हिमालय टिभी
२०७७ भदौ १५ गते १७:५४
पर्सिदेखि शुरु हुने व्यवसायिक र चार्टर्ड उडानको समय र तालिका सार्वजनिक

१५ भदौ, २०७७, काठमाडौं । नेपाल वायुसेवा निगमले पर्सिदेखि सुरु गर्न लागेको व्यावसायिक र चार्टर्ड उडानको समय तालिका सार्वजनिक गरेको छ ।

निगमले आज एक विज्ञप्तीमार्फत पर्सिदेखि सुरु गर्न लागेको दुबै उडानको उडान समय तालिका सार्वजनिक गरेको हो । निगमले ४ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित व्यावसायिक उडान भर्नेछ ।

यसममध्ये जापानको नारितामा सेप्टेम्बर २, ६ र ३० तारिखमा उडान हुने छ । दुबईमा सेप्टेम्बर ५, ७, १२, १४, १९, २१, २६ र २८ तारिखमा गरेर जम्मा ८ उडान हुने छ । यस्तै मलेसियाको क्वालालम्पुरमा ४ वटा उडान हुनेछ ।

सेप्टेम्बरमा नेपाल एयरलाईन्सले ६, १३, २० र २७ तारिखमा उडान गर्ने बताएको हो । सेप्टेम्बरमै ९ र २३ तारिख गरी हङकङमा २ वटा उडान हुने निगमले जनाएको छ । नियमित उडान नहुने अन्य चार गन्तव्यमा समेत सेप्टेम्बरमै चार्टर्ड उडान गर्ने निगमको योजना छ ।

निगमले साउदी अरेबियाको जेद्दामा ३ तथा रियाद र दमाममा एकएक चार्टर उडान गर्ने भएको हो । जेद्दामा सेप्टेम्बर ५, ११ र २७ तारिखमा उडान गर्ने योजना बनाएको निगमले रियादमा सेप्टेम्बर १९ र दमाममा सेप्टेम्बर ७ तारिखमा उडान गर्ने बताएको छ ।

यस्तै कतारको दोहामा समेत ५ वटा चार्टर उडान हुने भएको छ । दोहामा सेप्टेम्बर १५, २१, २२, २७ र २९ तारिखमा उडान हुने निगमको भनाई छ । यीबाहेक कुवेतमा सेप्टेम्बर १४ तारिखमा चार्टर्ड उडान हुनेछ ।

प्रतिक्रिया

One thought on “पर्सिदेखि शुरु हुने व्यवसायिक र चार्टर्ड उडानको समय र तालिका सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *