दाङमा चुनौतिपूर्ण बन्दै कोरोना, क्वारन्टिनमा बसेका पनि संक्रमित (भिडियोसहित)

१५ भदौ, २०७७, दाङ । दाङमा कोरोना भाइरस समुदायस्तरमा फैलिएपछि नियन्त्रणमा चुनौति थपिएको छ । पछिल्लो समय बैंकका कर्मचारीदेखि ब्यापारीसम्म र होम क्वारन्टिनमा बसेकामा समेत संक्रमण देखिन थालेको छ ।
दाङ घोराहिको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा केही दिनदेखि तुलसीपुर र घोराहीका आम नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
घोराही उपमहानगरपालिमा १८ र ३३ महिनाका बच्चासहित बैंकका कर्मचारी तथा घोराहीकै केही ब्यापारीमा कोरोना संक्रमण देखिएपछि समूदायमा भाइरस फैलिएको प्रष्ट भएको छ । यसले कोरोना नियन्त्रणमा चुनौति थपिएको छ ।
संक्रमितमध्ये तुलसीपुर राप्ती प्रादेशिक अस्पतालका ५ स्वास्थ्यकर्मी, २ चिकित्सक र ३ जना कार्यालय सहयोगी र इलाका प्रशासन कार्यालयका १ सवारी चालक छन् । उनीहरुसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दा होम क्वारन्टिनमा बसेकामा संक्रमण देखिएको छ ।
घोराही उपमहानगरपालिमा १८ र ३३ महिनाका बच्चासहित बैंकका कर्मचारी तथा घोराहीकै केही ब्यापारीमा कोरोना संक्रमण देखिएपछि समूदायमा भाइरस फैलिएको प्रष्ट भएको छ । यसले कोरोना नियन्त्रणमा चुनौति थपिएको छ ।
समुदायमा कोरोना संक्रमण फैलिएपछि घोराही उपमहानगरपालिकाले पनि परीक्षणको दायरा बढाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङले भने समुदायस्तरमा संक्रमण फैलिनसकेको दाबी गरेको छ । समुदायमा नभइ क्लस्टर जस्तै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय र सैनिक क्याम्पमा संक्रमण फैलिएको उसको बुझाइ छ । तर समुदायमा संक्रमण फैलिने भन्दै सचेत रहन आग्रह गरेको छ ।
बढी भिडभाड हुने बैंक तथा वित्तीय संस्था र केही सरकारी कार्यालयका कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा पनि उत्तिकै चुनौति बढेको छ । दाङमा बजार खुल्ला छन् भने सवारी निर्वाध रुपमा संचलनमा छन् ।
यसले गर्दा एक ठाउँको भाइरस सजिलै अर्को ठाउँमा पुग्न सक्छ । त्यसैले संक्रमणको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय दाङले निशेधाज्ञा नै जारी गरेको छ ।
प्रतिक्रिया