Main News
कोरोना भाइरसको पीसीआर परीक्षण अब ४ हजार रुपैयाँमा हुने
२०७७ भदौ १५ गते १७:०६

१५ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना भाइरस परीक्षणको शुल्क ४ हजार मात्रै तोकिएको भन्दै त्यो भन्दा बढी नलिन स्वास्थ्य संस्थलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा आफैले परीक्षण गर्ने स्वास्थ्य संस्थाले प्रति स्वाब ४ हजार मात्रै शुल्क लिन पाउने व्यवस्था गरेको स्पष्ट पारेको हो स्वाब संकलन मात्रै गरेर अन्यत्र पठाउने संस्थाले भने तोकिएको शुल्कमा थप ४ सय लिन सक्ने पनि मन्त्रालयले जनाएको छ ।
सरकारले यसअघि लिइदै आएको ५ हजार ५ सय शुल्क घटाएर ४ हजारमा झारेको हो । तर कतिपय स्वास्थ्य संस्थाले भने मनोमानी रुपमा शुल्क असुलेको गुनासो सेवाग्राहीले गरेका छन् ।
प्रतिक्रिया