Main News

नेपालमा थप ८९९ जना कोरोना संक्रमित थपिए, ५८८ जना निको भए

हिमालय टिभी
२०७७ भदौ १५ गते १६:३५
नेपालमा थप ८९९ जना कोरोना संक्रमित थपिए, ५८८ जना निको भए

१५ भदौ, २०७७ काठमाडौं । रनेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा २ सय ९८ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ सय ९०, ललितपुरमा ६७ तथा भक्तपुरमा ४१ जना नयाँ संक्रमित भेटिएका हुन् । काठमाडौंपछि सर्लाहीमा १ सय ३ तथा चितवनमा ७१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ११ हजार १ सय २९ नमूनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो पटक थप ५ सय ८८ जना संक्रमणमुक्त भएका छन् । देशमा संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४ सय १० पुगेको छ ।

यसैबीच नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । ४ वर्षीया बालिकाको पनि संक्रमणबाट मृत्यु भएको छ ।

देशमा मृतकको संख्या २ सय २८ पुगेको छ । पछिल्लो पटक महोत्तरी, गोरखा, झापा, रौतहट, चितवन र भक्तपुरमा ३ महिला र ४ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महोत्तरीमा मृत्यु भएकी बालिका हुन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज केही कम देखिएको छ । हिजो १४ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *