विभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिए

१५ भदौ, २०७७ काठमाडौं । विभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन । प्रहरी प्रधान कार्यालयले ७२ जनाको सरुवा गरी डीसपी प्रमुख रहने जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको हो ।
दैलेखमा अनुपम श्रेष्ठ,कालिकोटमा चक्रबहादुर शाह,तेह्रथुम गौतम थापा,सल्यानमा गोविन्द थापा, मुगुमा चित्रबहादुर भट्टराई, पाँचथरमा दानबहादुर थापा, रोल्पामा नरेशराज सुवेदी, बाजुरामा मदनजित महरा, अछाममा योगेन्द्रसिंह थापालाई प्रहरी प्रमुख बनाइएको छ ।
यस्तै बझाङमा रुपक खड्का, प्यूठानमा सुनील मल्ल, जुम्लामा माधवप्रसाद काफ्ले र डोल्पामा राजु पाण्डे प्रहरी प्रमुख बन्नुभएको छ ।
यस्तै, महानगरीय प्रहरी वृत्त, कालीमाटीका प्रमुख रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा सरुवा भएको छ। महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख पनि फेरिएका छन्।
डीएसपी रञ्जनकुमार दाहालको ठाउँमा रामेश्वर पौडेललाई जिम्मेवारी दिइएको छ। कालीमाटी वृत्त प्रमुखको जिम्मेवारी अपिलराज बोहरालाई बनाइएको छ ।
प्रतिक्रिया