Main News

देशका विभिन्न कारागारमा रहेका १११ कैदीबन्दीसहित १९७ जनामा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ भदौ १५ गते १५:०४
देशका विभिन्न कारागारमा रहेका १११ कैदीबन्दीसहित १९७ जनामा कोरोना संक्रमण

१५ भदौ, २०७७ काठमाडौं । देशका विभिन्न कारागारमा रहेका १ सय ११ जना कैदीबन्दी सहित १ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुरक्षाकर्मीमा तीब्र रुपमा फैलिँदै गएको कोरोना संक्रमणले पछिल्लो पटक कारागारका कैदी बन्दीमा पनि असर पारिरहेको छ । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्शी सापकोटाका अुनसार देशभरका ७१ वटामध्ये ७ वटा कारागारमा संक्रमण देखिएको छ ।

केन्द्रीय कारागारसहित झुम्का, वीरगन्ज, सिरहा, बाँके, स्याङ्जा र सिन्धुपाल्चोक कारागारमा रहेका कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।

सबैभन्दा धेरै केन्द्रीय कारागारमा ५१ जना कैदीबन्दीमा संक्रमण देखिएको छ । यसबाहेक कारागार सुरक्षामा खटिएका ८५ जना सुरक्षाकर्मी र कर्मचारी पनि संक्रमित भएका छन् ।

सूचना अधिकारी सापकोटाले कारागारमा उच्च सावधानी अपनाइएको भए पनि कैदीबन्दीलाई अस्पताल र अदालत लैजाने क्रममा संक्रमणको जोखिम देखिएको बताउनुभयो ।

नेपालमा कोरोना संक्रमण भित्रिएसँगै संसदीय समितिहरुले विद्यमान कानूनी व्यवस्थाको प्रयोग गरी कैदी बन्दीको संख्या घटाउन निर्देशन दिँदै आएका छन् ।

आइतबार पनि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कारागारमा संक्रमण फैलिँदै गएको अवस्थामा कारागारमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । यसबाहेक निश्चित उमेर समूह र अवधि पार गरेका कैदीबन्दीलाई रिहा गर्न भनेको छ । हाल कारागारमा २४ हजार भन्दा बढी कैदी बन्दी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *