Main News

आइसोलेशनमा बसेका बाबुको पीडा : जब सानी छोरी भन्छिन–‘ढोका खोल्नुस ।’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १४ गते २०:१०
आइसोलेशनमा बसेका बाबुको पीडा : जब सानी छोरी भन्छिन–‘ढोका खोल्नुस ।’ (भिडियोसहित)

१४ भदौ, २०७७ काठमाडौं । सर्लाहीको बरथहवा नगरपालिका वडानंबर १५ का ३९ वर्षीय सुदीप उप्रेती साउन १६ दिनदेखि कोरोना संक्रमण भएपछि होम आईसोलेशनमा हुनुहुन्छ ।

उहाँले कुनै लापरवाही गरेको पनि होईन, घर अरु सबैलाई केही भएको पनि छैन । तर कोरोना संक्रमण भयो । कोरोना त उहाँलाई सहजै जित्छु भन्ने विश्वास छ । तर साना छोराछोरीबाट टाढा बस्दा भने पीडा भएको छ ।

५ वर्षे छोरा र तीन वर्षे छोरी नजिक आउन अनेक प्रयास गर्छन । उप्रेती उनीहरुलाई फकाउनुहुन्छ । आइसोलेशनमा बसेका उप्रेती र उहाँकी तीन वर्षे छोरीको संवाद हामी तपाइँलाई देखाउँछौैं ।

छोरी – आउँ ? आउँ भन्या क्या ?
बाबु – कहाँ ?
छोरी – त्यहाँ
बाबु – केलाई ?
छोरी – सुत्नलाई ?
बाबु – पर्दैन छोरी नआउ नआउ ।
छोरी – म आउने ।
बाबु – जाऊ, जाउ, तल घर जाऊ ।

छोरी – म आउँ भन्या ? ढोका खोलिस्यो न ।
ढोका नखोल्ने ?
ढोका नखोल्ने भन्या ?

छोरी – चिलाइ रा छ ।
बाबु – के चिलायो छोरी ?
छोरी – ढाड, कन्याईदिस्यो न ।
बाबु – ढाड कन्याईदिनु पर्ने रु ममीलाई भनन ।
छोरी – नाइँ हजुर कन्याईदिस्यो न ।
बाबु – हो र ? ममीलाई भनन ।
छोरी – हजुरले चिलाईदिस्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *