Main News

निजामति कर्मचारी अस्पतालका कर्मचारीद्वारा आन्दोलन शुरु

हिमालय टिभी
२०७७ भदौ १४ गते १७:२५
निजामति कर्मचारी अस्पतालका कर्मचारीद्वारा आन्दोलन शुरु

१४ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणकाबीच सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै निजामति कर्मचारी अस्पतालका कर्मचारीले आन्दोलन शुरु गरेका छन् ।

अस्पतालमा कार्यरत कर्मचारीको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आन्दोलन थालेका हुन ।

कर्मचारीहरुले विभिन्न माग लेखिएका ब्यानरहरु सहित अस्पताल अगाडि उभिएर आन्दोलन गरेका हुन् । माग पुरा नहुँदा सम्म हातमा कालोपट्टी लगाएर काम गरिने कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले जानकारी दिनुभयो ।

अस्पतालको विकास समिति बोर्डमा कर्मचारी संघको प्रतिनिधि हुनुपर्ने, अस्पतालमा कार्यरत कर्मचारी र तिनका परिवारको निशुल्क उपचार हुनुपर्ने, सुत्केरी विदा अघिपछि गरी ९८ दिन हुनुपर्ने र सुत्केरी स्याहार विदा १५ दिन दिनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *