Main News
आईसीयूमा राख्नुपर्ने बिरामी समन्वय नगरी रिफर नगर्न सरकारको निर्देशन
२०७७ भदौ १४ गते १६:५८

१४ भदौ, २०७७ काठमाडौं । सरकारले आईसीयूमा राख्नुपर्ने बिरामीलाई समन्वय नगरी अरु अस्पतालमा रिफर नगर्न निर्देशन दिएको छ ।
पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुने बित्तिकै बिरामीलाई अस्पतालले कोभिड अस्पताल पठाउँदा समस्या आएपछि सरकारले कडा निर्देशन जारी गरेको हो ।
यसक्रममा केही बिरामीले बाटोमै ज्यान गुमाएका थिए । त्यसैले अर्को अस्पतालमा समन्वय गरेर र चिकित्सकको साथ लगाएर मात्र बिरामीई पठाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।
यो निर्देशन विपरीत बिरामी रिफर गर्दा केही तलमाथि भए त्यसको जिम्मेवारी रिफर गर्ने स्वास्थ्य संस्थाकै हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रतिक्रिया