Main News

कोरोना महामारी सुरु भएयता विदेशबाट ५३ हजार बढी नेपाली स्वदेश फर्किए

हिमालय टिभी
२०७७ भदौ १४ गते ८:४०
कोरोना महामारी सुरु भएयता विदेशबाट ५३ हजार बढी नेपाली स्वदेश फर्किए

१४ भदौ, २०७७ काठमाडौं । हालसम्म विदेशमा कोरोनाका कारण समस्यामा परेका ५३ हजार ६ सय ९९ जना नेपाली स्वदेश फर्केका छन् ।

सीसीएमसीले जारी गरेको तथ्याङकअनुसार ५८ देशमध्ये सबैभन्दा बढी १५ हजार २ सय १० जना नेपाली युएइबाट फर्किएका छन् । मलेसियाबाट आठ हजार २७६ जना नेपाली स्वदेश फर्किएका छन् ।

साउदीबाट आठ हजार २२८, कुवेतबाट छ हजार ३२० जना नेपाली स्वदेश आएका छन् । यस्तै, कतारबाट पाँच हजार ७३९ जना स्वदेश फर्किएका छन् ।

यो अवधिमा जापानबाट एक हजार २८२, अस्ट्रेलियाबाट एक हजार ८७, दक्षिण कोरियाबाट ९६७ जना र बङ्गलादेशबाट ८६५ जना फर्किएको सिसिएमसिले बताएको छ ।

यसैगरी, माल्दिभ्सबाट ७०९, ओमानबाट ६६७, अमेरिकाबाट ५९१ जना नेपाली स्वदेश फर्किएका छन् । यस्तै, थाइल्याण्डबाट ३२६, बेलायतबाट २४४, चीनबाट २०८, सोमालियाबाट एकजना नेपाली स्वदेश फर्किएको सिसिएमसिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

यस्तै सयभन्दा कम सङ्ख्यामा नेपाली स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *