Main News

भरतपुरमा ४३ जना र नारायणी अस्पतालमा गरिएको परीक्षणमा ७९ जना कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ १४ गते ८:३०
भरतपुरमा ४३ जना र नारायणी अस्पतालमा गरिएको परीक्षणमा ७९ जना कोरोना संक्रमित थपिए

१४ भदौ, २०७७, काठमाडौं । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

४ सय ७२ जनाको नमूना परिक्षण गरिएकोमा ४३ जनामा कोरोना पोजेटिभ देखिएको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा नितु अधिकारीले जानकारी दिनुभयो ।

नयाँ संक्रमितमध्य भरतपुर महानगरपालिकाका २७ र खैरहनी नगरपालिकाका २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै तनहुँका २, झापाका २, नवलपुर चोरमाराका एक, सर्लाही, सप्तरी, दाङ, धनुषा, पाँचथर, कास्की, सुर्खेत, बागलुङ र बाराका एक एक जना कोरोना संक्रमित भएका अस्पतालले जनाएको छ ।

त्यस्तै नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

४ सय ४२ जनाको स्वाबको परिक्षण गर्दा ७९ जनामा कोरोना पोजिटिभ देखिएको नारायणी अस्पतालका प्रवक्ता डा। अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्साका ४७ जना, बाराका ३०, मोरङ्ग र काठमाडौंका एकएक जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा ६ महिनाको बालकदेखि ९७ वर्षीय वृद्धसम्म छन् । डा‍. चौरसियाका अनुसार पर्साका ४७ संक्रमितमध्ये पोखरिया नगरपालिकाका १२ जना र बाँकी संक्रमित वीरगंज महानगरपालिकाको विभिन्न वडाका छन् ।

यस्तै बाराको ३० संक्रमित मध्ये विश्रामपुरका ३ जना, महागढीमाईका २ जना, जितपुरसिमराका २ र बाँकी संक्रमित कलैया उपमहानगरपालिकाको विभिन्न वडाका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *