होम डेलिभरी सेवामा अवरोध नगर्न विवेकशील नेपाली दलको माग

१३ भदौ, २०७७ काठमाडौं । निषेधाज्ञाको बेलामा होम डेलिभरी सेवा दिनेहरुलाई पक्राउ गरेकोमा विवेकशील नेपाली दलले आपत्ति जनाएको छ ।
उसले अनलाइन मार्फत अर्डर लिएर घर तथा कार्यालयमा खाद्यान्न लगायतका आवश्यक सामान उपलब्ध गराउने सेवामा कुनै पनि अवरोध नगर्न सरकारलाई आग्रह गरेको छ ।
होम डेलिभरी सेवा दिने ८० जनालाई पक्राउ गरी प्रहरीले आइन्दा होम डेलिभरी नगर्ने सर्तमा छाडेको थियो । त्यसपछि होमडेलिभरी सेवा बन्द छ ।
विवेशीलकी उपाध्यक्ष अजिता राईले विज्ञप्ति निकालेर संक्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन र महामारीका बखत धेरथोर रोजगारी सिर्जना गरिरहेका इ–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित नगर्न आग्रह गर्नुभएको छ ।
अहिलेको जोखिमपूर्ण समयमा इ(कमर्स तथा अनलाइन डेलिभरी सेवा प्रदान गर्ने धन्यवादको पात्र रहेको भन्दै विवेशीलले गरी खाने वातावरण सिर्जना गर्न मागसमेत गरेको छ ।
प्रतिक्रिया