Main News

फुड बैंकः हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १२ गते २०:१२
फुड बैंकः हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ (भिडियोसहित)

१२ भदौ, २०७७ काठमाडौं । सरकारले निषेधाज्ञा जारी गरेसँगै, ज्याला मजदुरी गरेर जीवन चलाउने समस्यामा छन् । काठमाडौं उपत्यकामा पछिल्लो डेढ हप्तादेखि निषेधाज्ञा जारी रहँदा बिहान कमाएर बेलुकी छाक टार्नेहरु भोकभोकै पर्न थालेका छन् ।

उनीहरुलाई सहयोग गर्नेतर्फ सरकारको कुनै चासो देखिँदैन । तर चापागाउँका बासिन्दाले भने फुड बैंकमार्फत् अप्ठ्यरोमा परेकालाई खाद्यान्न सहयोग गर्न थालेका छन् ।

निषेधाज्ञाले हुँदा खाने वर्गलाई समस्या भएको छ । घरमा दाल चामल सकिएको छ । नून तेल पनि छैन । काम गर्न जाउँ, काम छैन, कोठामै बसौँ दाम छैन । नखाई बाच्न सकिन्न ।

त्यसैले निम्न आय भएकालाई अहिले निकै समस्या परेको छ । र यस्तै समस्यामा पर्ने मध्येकी एक हुनुहुन्छ । ललितपुरको चापागाउँ बज्रबाराहीमा मजदुरी गर्ने रोल्पाकी सुनीता बुढा मगर ।

इँट्टा भट्टामा काम गर्ने सुनीता मात्रै होइन, विरा घर्तिमगरलाई पनि निषेधाज्ञा जारी भएसँगै खाने सामान नहुँदा अप्ठ्यारो पर्यो । इट्टा भट्टामा काम गर्दा जेनतेन जीवन चलेकै थियो । निषेधाज्ञाले इट्टा भट्टामा काम बन्द छ । काम बन्द भएसँगै घरको चुलो पनि बल्न बन्द भयो ।

आफ्नै गाउँ ठाउँमा बसेर मजदुरी गर्नेहरु समस्यामा परेको थाहा पाएपछि चापागाउँको बज्रबाराहीका बासिन्दामा नयाँ सोच आयो । उनीहरुले फुड बैंक बनाए ।

अर्थात कसैले नुन, कसैले दाल, कसैले चामल सकेको जत्ति सहयोग जम्मा गर्न थाले। र अहिले उनीहरु यो सामान समस्यामा परेकालाई वितरण गरिरहेका छन ।

हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ –यो नारा जस्तै हुनेले यहाँ आएर सामान दिन्छन् । अनि नहुनले चाहिँ लिएर जान्छन् ।

कोरोना संक्रमण रोक्न भन्दै निषेधाज्ञा लगाइएको यो समयमा अप्ठ्यारोमा परेका र हुँदा खाने वर्गलाई सहयोग गर्न पाउनेहरु खुसी छन् ।

फुड बैंकबाट एक एक पोका दाल र चामल पाउनेहरु पनि छाक टर्ने भयो भन्दै खुसी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *