Main News

नेपालमा प्लाज्मा थेरापी विधिबाट २० जना कोरोना संक्रमितको उपचार

हिमालय टिभी
२०७७ भदौ १२ गते १८:४४
नेपालमा प्लाज्मा थेरापी विधिबाट २० जना कोरोना संक्रमितको उपचार

१२ भदौ, २०७७ काठमाडौं । नेपालमा अहिलेसम्म २० जना कोरना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले ४२ जनाले प्लाज्मा दान गरेको तथा यो विधिबाट २० जनाको उपचार भएको जानकारी दिनुभयो ।

कोरोना संक्रमणबाट गम्भीर विरामी परेकालाई निको भइसकेका व्यक्तिको रगतबाट प्लाज्मा दिने गरिन्छ ।

पछिल्लो समय गम्भीर संक्रमित बढ्दै गएको छ तर प्लाज्मा दिने व्यक्तिको भने अभाव देखिएको छ । मन्त्रालयले कोरोना संक्रमणमुक्त भइसकेका व्यक्तिलाई प्लाज्मा दान गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *