उपप्रधान तथा रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा (भिडियोसहित)

१२ भदौ, २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कोरोना संक्रमितको सम्पर्कमा आएपछि आईसोलेशनमा बस्नुभएको छ ।
नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा कन्ट्याक्ट ट्रेसिङमा परेपछि पार्टीको सचिवालय बैठक पनि स्थगित भएको छ ।
आज बस्ने भनिएको बैठक सचिवालयका दुई सदस्य पोखरेल र थापा कन्ट्याक्ट ट्रेसिङमा परेपछि भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।
कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी सीसीएमसीको बैठकमा चिया दिने सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि दुवै मन्त्री आईसोलेशनमा बस्नुभएको छ । दुवै मन्त्री अब पीसीआर परिक्षण गरेर रिपोर्ट आएपछि मात्रै अरु सामान्य गतिविधिमा संलग्न हुने नहुने प्रष्ट हुनेछ ।
आज बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएर नेकपाको सचिवालय बैठक स्थगित गरिएको हो ।
नेकपा कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनबारे शनिबारको सचिवालय बैठकमा छलफल गर्ने तय भएको थियो ।
प्रतिक्रिया