Main News

कोरोना संक्रमितका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा ६०२२ बेड थप (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १२ गते १७:२१
कोरोना संक्रमितका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा ६०२२ बेड थप (भिडियोसहित)

१२ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमितका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा गरी ६ हजार २ सय २ बेड थप गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार केन्द्रीय अस्पतालमा १ हजार र प्रदेश तहका अस्पतालमा एक हजार नौ सय ५७ बेड थप गरिएको छ । यसबाहेक अस्पताल नभएका ६ सय ४९ वटा स्थानीय तहमा ३ हजार २ सय ४५ बेड थप गरिएको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा यसअघि सरकारले कोभिड अस्पतालका रुपमा छुट्याएका अस्पतालहरुमा बेड अभाव हुन थालेको छ ।

जसका कारण संक्रमितहरुमा गम्भीर स्वास्थ्य समस्या हुँदा पनि घरमै बस्नुपरिरहेको छ । त्यसैले अस्पतालमा बेड थप गरिएको हो । यस्तै सरकारले काठमाडौंको जनमैत्री अस्पतालसहित थप तीनवटा अस्पताललाई कोभिड अस्पतालका रुपमा सूचीकृत गरेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार जनमैत्री अस्पतालसहित काठमाडौंकै कान्तिपुर अस्पताल र वीरगञ्जको नेसनल मेडिकल कलेज टिचिङ हस्पिटल कोभिड अस्पतालमा सूचीकृत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *