Main News

वीरगञ्जमा गरिएको परीक्षणमा ५७ र चितवनमा १७ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ १२ गते १३:०३
वीरगञ्जमा गरिएको परीक्षणमा ५७ र चितवनमा १७ जनामा कोरोना संक्रमण पुष्टि

१२ भदौ, २०७७ काठमाडौं । नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा प्रदेश दुईका चार जिल्लाका ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सा, बारा, रौतहट र सर्लाहीका ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका २ जना र सर्लाहीका १ जनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालामा ३ सय ८ वटा स्वाब नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो । संक्रमितमध्ये १७ जना महिला छन् ।

वीरगञ्जस्थित दुई वटा अस्थायी कोभिड अस्पतालमा ३७ जना महिलासहित १ सय ३१ जना कोरोना संक्रमित उपचाररत छन् । कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा ६ जना महिलासहित २० जना आईसीयुमा छन् ।

बिहीबार ६२ वर्षीय एक पुरुषलाई थप उपचारका लागि ग्रान्डी हस्पिटलमा पठाइएको छ । कोभिड अस्पताल गण्डकमा १ जना महिलासहित ९ जना आईसीयुमा छन् ।

जसमध्ये ६० वर्षीय पुरुषको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । गण्डक कोभिड अस्पतालका संयोजक डा। उदय नारायण सिंहले गम्भिर अवस्थाका बिरामीको संख्या बढीरहेको बताउनुभएको छ ।

त्यसैगरी भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

खैरहनी नगरपालिकाका १२ जना, भरतपुर महानगरका ३ जना, रत्ननगर नगरपालिकाका १ जना र नवलपुरको गैँडाकोटका १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रयोगशालकी प्रमुख डा नितु अधिकारीका अनुसार संक्रमित ६ देखि ७९ उमेर समूहका छन् । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ५ सय १३ जना पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *