Main News

चितवन अस्पतालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ १२ गते ८:२१
चितवन अस्पतालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

१२ भदौ, २०७७ चितवन । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

खैरहनी नगरपालिकाका १२ जना, भरतपुर महानगरका ३ जना, रत्ननगर नगरपालिकाका १ जना र नवलपुरको गैँडाकोटका १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रयोगशालकी प्रमुख डा नितु अधिकारीका अनुसार संक्रमित ६ देखि ७९ उमेर समूहका छन् । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ५ सय १३ जना पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *