Main News

उपत्यकामा निषेधाज्ञाको एक साता पूरा, मर्कामा श्रमिक

हिमालय टिभी
२०७७ भदौ ११ गते २०:००
उपत्यकामा निषेधाज्ञाको एक साता पूरा, मर्कामा श्रमिक

११ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौंमा निषेधाज्ञा लागू भएको एक हप्ता पूरा भइसकेको छ । र प्रशासनले फेरि एक हप्ता निषेधाज्ञा थपेको छ । तर यो निषेधाज्ञा थप्नेले दिनभरी काम गरेर बिहान र बेलुकीको छाक टार्नेहरु कसरी बसिरहेका छन् भन्नेमा ध्यान दिएका छैनन् । त्यसैले दैनिक ज्याला मजदुरी गर्नेहरु भोक र अभावले छटपटाउन थालेका छन् ।

कुनै मनकारीले राहत दिँदैछन् भन्ने सुनेर बल्खुमा रहेको जनविकास माविको प्रागंणमा आइपुगेका सूर्यबहादुरको पीडा हो यो । भारी बोकेर परिवार पाल्दै आएका सूर्यबहादुरको आम्दानी अहिले घटेको छ । दिनभरी कमाएको रकमले परिवारको भोक मेटाउन नसकेपछि उहाँ राहतको लाइनमा बस्नु भएको छ ।

सूर्यबहादुरसँगै बल्खुमा भारी बोकेर परिवार पाल्दै आएका धादिङका बाबुकाजी शाक्यले पनि अहिले काम पाउनु भएको छैन । त्यसैले उहाँको परिवारलाई पनि हातमुख जोड्न धौधौ भइरहेको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएसँगै सरकारले भोकभोकै पर्ने गरिव परिवारलाई राहत दिने भनेको थियो । तर यहाँका मजदुरले अहिलेसम्म केही पाएका छैनन् । उनीहरुलाई त रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता बढेको छ ।

बल्खुका मजदुर भोकै छन् भन्ने सुनेर स्माईल नेपाल नामको गैह्र सरकारी संस्थाले दाल, चामल, मसला, तेललगायतका दैनिक उपभोग्य वस्तु बोकेर यहाँ पुगेको थियो ।

यसअघि नै नाम टिपाएकाले यो राहत पाए । तर यहाँ राहत पाइन्छ भन्ने सुनेर पुगेकाहरु रित्तै फर्किए । यसअघि लकडाउनका बेला पनि यसरी नै गरिव मजदुर परिवारको विचल्ली भएको थियो । तर त्यसबाट पाठ सिकिएन । त्यसैले समस्या दोहोरिएको छ । स्थानीय सरकार चलाइरहेका हरु पनि ठुला भाषण गर्न व्यस्त छ । यी गरिब मजदुरलाई हेर्ने जिम्मेवारी कसको हो रु फेरि प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *