११ भदौ, २०७७ काठमाडौं। सामान्य लक्षण भएका कोरोना संक्रमितलाई पनि परीक्षणबिना घर पठाउने सरकारी निर्णयप्रति जनस्वास्थ्य विज्ञले आपत्ति जनाएका छन ।
परीक्षणमा वेवास्ता गर्दा संक्रमितले अरुलाई सार्ने सम्भावना बढी हुने भएकाले सरकारको निर्णय गलत भएको जनस्वास्थ्यविज्ञको तर्क छ ।
सरकारले बुधवार सामान्य लक्षण भएका विरामीलाई परिक्षण नगरी १४ दिनपछि घर पठाउने निर्णय सार्वजनिक गर्यो । सरकारको यो निर्णयले आम नागरिकमा त्रास सिर्जना भएको छ ।, सरकारको निर्णयमाथि प्रश्न उठेको छ । जनस्वास्थ्य विज्ञले सरकारको यो निर्णय पूर्ण रुपमा गलत भएको बताएका छन । नेपालको हकमा यो निर्णय ठीक नभएको उहाँको मत छ ।
सरकार भने अनेकौं तर्क गरेर आफ्नो निर्णय सही छ भन्ने स्थापित गर्न लागेको छ । १० दिनपछि कुनै पनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुँदैन भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार नै निर्णय गरेको उसको तर्क छ । लक्षण नभएका व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगरी घर पठाउँदा कुनै समस्या नहुने सरकारको दावी छ ।
तर जनस्वास्थ्य विज्ञ भने यसमा पूर्ण रुपमा असहमत छन । तराईका जिल्लामा क्वारन्टिनबाट परीक्षण नगरी घर पठाउँदा अहिलेको अवस्था आएको र १४ दिनपछि पोजेटिभ हुँदैन भन्ने सोचले तराइको जस्तो अवस्था देशभरी हुने विज्ञको चेतावनी छ ।
१४ दिनपछि डिस्चार्ज नगरिए सरकारले सोध भर्ना नबेहोर्ने चेतावनी सहित मन्त्रालयले कोभिड अस्पताल र प्रदेश सामाजिक विकास मन्त्रालयललाई पत्राचार गरेको छ । तर सरकार र विज्ञको राय र बुझाई बाझिएपछि आम नागरिकमा झन त्रास बढ्ने देखिन्छ ।