Main News
निषेधाज्ञाका कारण समस्यामा परेका श्रमिकलाई गाँस-बासको व्यवस्था गर्न माग
२०७७ भदौ ११ गते १९:३२
११ भदौ, २०७७ काठमाडौं । एघार वटा साना वामपन्थी दलले निषेधाज्ञाका कारण समस्यामा परेका श्रमिकको गास बासको व्यवस्था गर्न माग गरेका छन ।
विज्ञप्ति निकालेर साना वामपन्थी पार्टीले निषेधाज्ञाका कारण काम नपाएर श्रमिकका परिवार विचल्ली परेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गरेका हुन् ।
नेकपा मसाल, क्रान्तिकारी माओवादी, नेकपा माले , नेकपा माओवादी केन्द्र, नेकपा संयुक्त लगायतका दलले आय नभएका र विचल्लीमा परेका विद्यार्थीका लागि समेत खाने, बस्ने व्यवस्था गर्न माग गरेका छन ।
खाद्यान्न, तरकारी र दैनिकउपभोग्य वस्तुको भाउ बढेकोमा पनि ध्यानाकर्षण गराउँदै उनीहरुले नियन्त्रण गर्न माग गरेका छन । तरकारी बजारमा स्वास्थ्य सम्वन्धी नियम कडाईपूर्वक पालना गराउन पनि उनीहरुको माग छ ।
प्रतिक्रिया