Main News

देशभर अत्यावश्यक औषधि अभाव छैन : विभाग

हिमालय टिभी
२०७७ भदौ १० गते १८:३८
देशभर अत्यावश्यक औषधि अभाव छैन : विभाग

१० भदौ, २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले अहिले देशभरी नै अत्यावश्यक औषधिको अभाव नरहेको स्पष्ट पारेको छ ।

तेस्रो देशबाट आयात गर्नुपर्ने केही औषधि समयमा ढुवानी हुन नसक्दा समस्या देखिए पनि अभाव नरहेको विभागको भनाइ छ । देशका कुनै पनि संस्थाबाट आवश्यक औषधिको अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले जानकारी दिनुभयो ।

चिकित्सकको सल्लाहविना अनावश्यक रुपमा औषधि सेवन गर्नेको संख्या बढेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । औषधी सेवनले सधै स्वास्थ्यलाई फाइदा नपुग्ने भन्दै उहाँले अनावश्यक रुपमा औषधि सेवन नगर्न आग्रह पनि गर्नुभयो ।

कोरोना संक्रमण बढ्दै गएपछि रोगप्रतिरोधात्मक क्षमता बढाउने नाममा जथाभावी औषधिको प्रयोग बढ्दै गएपछि विभागले यस्तो आग्रह गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *